नेशनल हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२२ मंसिर २०७८, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से उच्च अंकले कारोबार २ अर्बमा खुम्चिन पुगेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आज नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ११ करोड ८८ लाख १५ हजार ९७७ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको १० करोड ९१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख, महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७९ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*