एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

२२ मंसिर २०७८, बुधबार १४:५५

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन तथा बिक्रीका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*