ज्ञानेश्वरमा भव्य महलमा सर्यो नेको इन्स्योरेन्स, उपेन्द्र महतो र बीमा समितिका अध्यक्षले संयुक्त गरे उद्घाटन

२२ मंसिर २०७८, बुधबार १३:१८

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा निर्माण गरेको नयाँ भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ । नेको इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक उपेन्द्र महतो र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक कार्यक्रमका बीच आज विहान नयाँ भवनको उद्घाटन गरिएका हुन् ।

उद्घाटन गरेसँगै नेको इन्स्योरेन्स कम्पनीको कारोबार आजबाट औपचारिक रुपमा ज्ञानेश्वरस्थित बीमा भवनबाट सुरु गरेको छ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो । कम्पनीले करिब ३० करोड लागतमा पाँच तल्लो अत्याधुनिक भवन बनाएको बनाएर आजबाट औपचारिक रुपमा कारोबार सुरु गरेसँग कम्पनीको व्यवसाय अझै बृद्धि हुने विश्वास लिएको उद्घटनपछि आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराई, सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिकै कार्यकारी निर्देशक राजुरमण पौडेलले आज विहान एक कार्यक्रमका बीचमा उद्घाटन गरेका थिए ।

अनामनगरस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको नेको इन्स्योरेन्स कम्पनी आजबाट अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनबाट सञ्चालन सुरु गरेको छ । नयाँ भवनमा सरेपछि नयाँ सोचका साथ काम गर्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सुझाव दिएका छन् ।

नयाँ भवन उद्घाटनमा २०७२ सालमा नेको इन्स्योरेन्सको महत्वपूर्ण शेयर टेकओभर गरेर मुख्य भूमिकामा देखिएको उपेन्द्र महतोको उपस्थिति रहेको थियो । महतोले जोश, जाँगर स्फूर्तिको लागि स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै नयाँ भवन निर्माणसँगै अब कम्पनीबाट प्रवाह हुने बीमा सेवालाई अझै सरल, सुविधा सम्पन्न र बीमितले लाभ पाउने गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*