सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

२२ मंसिर २०७८, बुधबार ११:५०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी आवेदन सूचना प्रकाशित भएको मितिले ३५ दिने भित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*