स्वावलम्बन लघुवित्तले डाक्यो २० औं साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

२२ मंसिर २०७८, बुधबार ११:४४

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १५ गते बिहिबार एलिस रिसेप्सन, गैरिधारा, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले संचालक समितिबाट प्रस्तावित कायम चुक्तापूँजी १ अर्ब रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समेत गरी कुल २५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कायम चुक्तापूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी १ अर्ब २५ करोड पु¥याउने सभाको मुख्य एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*