प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

२२ मंसिर २०७८, बुधबार ११:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीको गत आवको प्रस्तावित लाभांश स्वीकृति प्रदान गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै आगामी वार्षिक साधारण सभामा पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*