समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२२ मंसिर २०७८, बुधबार ११:२४

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते देखि पुष ७ गते सम्म बुक क्लोज गर्ने भएकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २० हजार १६० रुपैयाँ बराबरको बोनश शेयर जारि गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने जनाएको छ । साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समते पारित गर्ने छ ।

सभा पुस ७ गते मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*