वोमी लघुवित्तको साधारण सभा पुष १६ गते, कहिले हुँदैछ बुकक्लोज ?

२२ मंसिर २०७८, बुधबार ११:१३

काठमाडाौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकलले सभा पुष १६ गते बिहान ११ बजे धुलिखेल नगरपालिका–४ धुलिखेल काभ्रेपलाञ्चोकस्थित होटल अरनिको सभाहलमा बस्नेगरी आह्वान गरेको हो ।

उक्त बैठकले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) पुष १ गतेदेखि पुष १६ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २९ गतेसम्म कायम शेयरधीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजी ४१ करोड १९ लाख रुपैयाँबाट २० प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरेको छ । कम्पनीको उक्त सभाले सो प्रस्ताव पारित गर्नेछ ।

साथै वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक आपसमा १ः१ अनुपातमा गाभिने वा मर्जरमा जाने प्रस्तावलाई समेत उक्त सभाले पारित गर्नेछ । त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गने, गत आवको वासलात, नाफा नोक्सान हिसाब विवरण सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*