फरवार्ड लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
२२ मंसिर २०७८, बुधबार १०:२८
काठमाडौं । फरवार्ड लघुवित्त ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त संस्थाको मंसिर २१ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ११२ औं बैठकले चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अनुुसार कम्पनीले २१ करोड ८९ लाख ३१ हजार ७३७।५० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड ३७ लाख ८६ हजार ३४७।५० रुपैयाँ बराबरको नगद गरी कुल २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।