दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२२ मंसिर २०७८, बुधबार ०९:३२

काठमाडौं । दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सले भोलि अर्थात मंसिर २३ गते बिहीबार बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि अनलाईनको माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ।सभाले हाल कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ५ गते, आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर सहित गरी ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, फाइनान्सको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*