खल्तीले ल्यायो आइफोन १३ जित्न मौका

२२ मंसिर २०७८, बुधबार ०९:१८

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आइफोन जित्ने मौका अफर सार्वजनिक गरेको छ । ५ डिसेम्बरदेखी जनवरी १४ सम्म लागु हुने गरी ५० रुपैयाँमा “खल्तीमा आइफोन १३” अफर र साथै १ लाख खल्ती पाइन्ट्स योजना सार्वजनिक गरेको हो ।

उक्त अफरमा सहभागि हुन प्रयोगकर्ताले खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्तीमा आइफोन”बाट मात्र ५० रुपैयाको रिचार्ज गर्नुपर्ने छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुनेछ । अन्तिममा १ जना भाग्यशाली विजेताले आइफोन १३ साथै दैनिक १ जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स प्राप्त गर्ने सक्नेछन् । खल्ती केवाईसी भेरिफाइड प्रयोगकर्ताहरुले मात्र उक्त क्याम्पेनमा सहभागि जनाउन सक्ने खल्तीले जनाएको छ ।

“खल्ती मा आइफोन १३ ” को विजेता घोषणा क्याम्पेन समाप्त भएको ७ दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*