नेको इन्स्योरेन्स कम्पनी आजबाट नयाँ भवनमा सर्दै, बीमा समितिका अध्यक्षले उद्घाटन गर्ने

२२ मंसिर २०७८, बुधबार ०९:१६

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्दैछ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो । कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो भवनमा केन्द्रीय कार्यालय र कर्पोरेट कायालय रहनेछ ।

नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराई, सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज विहान १०ः०० बजे भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

हाल अनामनगरस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको नेको इन्स्योरेन्स कम्पनी आजबाट अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनबाट सञ्चालन हुनेछ । पाँच तल्ले भवनमा अण्डरग्राउण्ड पार्किङको सहितको सुविधा सम्पन्न छ ।
नयाँ भवनमा स्थानान्तरणपछि कम्पनीको ब्राण्डिङ तथा कार्य क्षमतामा समेत बृद्धि हुने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*