सुन तोलामा २ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

२१ मंसिर २०७८, मंगलवार ११:२९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो स्थिर रहेको सुन आज सुन तोला २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*