२०% लाभांश पारित गर्न गणपति लघुवित्तको साधारण सभा पुष १७ मा, बुकक्लोज कहिले ?

२१ मंसिर २०७८, मंगलवार ११:२७

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाा लिमिटेडले पाँचौ वार्षिक साधारण र बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी–४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ७ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ६ गतेसम्म कायम शेयरधनीहरले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*