ग्लोबल आइएमई समुन्नत स्किम–१ को शतप्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ मंसिर २०७८, मंगलवार ११:०४

काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत स्किम–१’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले मंसिर २२ गते बुकक्लोज गर्ने भएसँगै आज मंसिर २१ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्र फण्डको प्रस्तावित लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई क्यापिटलको असोज १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजी १ अर्ब रुपैयाँका शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

यस म्युचुअल फण्डले आव २०७६।०७७ मा इकाईधनीहरुलाई ४ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।
उक्त लाभांश क्यापिटलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि इकाईधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*