प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२१ मंसिर २०७८, मंगलवार ०९:५०

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार बुकक्लोजको अघिल्लो दिन आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा पुस ६ गते बिहान ११ बजे बस्ने गरी बस्ने गरी १४ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*