लाभांश घोषणा गरेकै दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ह्वात्तै घट्यो, अन्य क–कसले गुमाए ?

२० मंसिर २०७८, सोमबार १५:३०

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.२२ अकंले बढ्दा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ माथिको भएको छ ।

आज लामो समयअन्तरालपछि नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक ३२ अंकले बढेपनि आज सर्वाधिक गुमाउने कम्पनीमा जनउत्थान समुदायिक लघुवित्त रहेको छ । कम्पनीले आजकै दिन २५ प्रतिशत लाभांश घोषणा गरेतापनि शेयरमूल्य ६.८८ प्रतिशत अंकले घट्न पुगेको छ ।

त्यस्तै अन्य गुमाउने कम्पनीहरुमा न्यादी हाइड्रोपावरको ४.७१ प्रतिशत, यूनिलिभर नेपालको २.६५ प्रतिशत, एनएमबि फिप्टीको १.९६ प्रतिशत, सबैंको लघुवित्तको १.८९ प्रतिशत र तेह्रथुम पावरको १.८२ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*