नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२० मंसिर २०७८, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा लामो समय अन्तरालपछि हरियाली छााएको छ । नेप्से ३१ अंकले बढेपनि कारोबार ४ अर्बमा नै सिमित हुन पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावरको १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख र एनटिसीको १३ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*