प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
२० मंसिर २०७८, सोमबार १२:१७
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्न भएकाले मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा पुस ६ गते बिहान ११ बजे बस्ने गरी बस्ने गरी १४ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।