कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

२० मंसिर २०७८, सोमबार ११:२४

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३१ हजार ७२९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी रुपेश थापाको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको २६ हजार ८९४ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्ड उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*