सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।