आँखुखोला जलविद्युत कम्पनीका संचालक बस्नेतले दिइन् राजिनामा

२० मंसिर २०७८, सोमबार १०:३८

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका संचालक रजनी बस्नेत केसीले राजिनामा दिएकी छिन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने दुई जना संचालक मध्ये केसीले राजिनामा दिएकी जनाएको हो ।

उनले आफ्नो कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएकोमा मंसिर १७ गते बसेको संचालक समितिको बैठकले सो राजिनामालाई स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*