जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

२० मंसिर २०७८, सोमबार १०:०९

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई शेयर पूँजी ११ करोड ८३ लाख २४ हजार रुपैयाँबाट २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*