ज्योति विकास बैंकको प्रिपेड भिषा कार्ड सार्वजनिक, डलर लोड निःशुल्क, विदेशी अनलाईन शपिङ तुरुन्तै गर्न सकिने

२० मंसिर २०७८, सोमबार ०७:४३

काठमाडौं । नेपालीहरु अनलाईन सपिङतर्फ निकै आकर्षित भएको पाइन्छ । मध्यम बर्गीय नेपालीहरु विदेशी अनलाईन शपिङ सेन्टरबाट समेत सामान किन्न चाहन्छन् । विदेशी अनलाईन शपिङ सोचेजस्तो सजिलो पनि छैन । डलर खाता खोल्नुपर्ने, डलरमा भुक्तानी गर्नुपर्ने निकै झन्झटपूर्ण अवस्था छ । तर, अब ज्योति विकास बैंकको भिषा प्रिपेड कार्ड लिएर सजिलै डलर शपिङ गर्न सकिने भएको छ ।

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड हिजो सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिई २४ घण्टा भित्रैमा भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।

प्रिपेड डलर कार्ड सेवा सुरु भए संगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श, प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । सामाजिक सञ्जालमा गरिने भुक्तानी होस् वा विदेशी अनलाईन सपिङ प्लेटफर्ममा निश्चित सीमाभित्र रही सामान खरिद गर्न सक्नेछन् ।

बैंकले प्रत्येक नेपालीहरुलाई प्रिपेड कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको रकम विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी फर्म समेत अपडेड गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ज्योति विकास बैंकको प्रिपेड कार्डमा पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको जनाएको छ ।

यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयबाट उपलब्ध रहेको बैंकले जनाएको छ । यस्तो सुविधासँगै विदेशी अनलाईन सपिङ प्लेटफर्ममा आफूलाई मन परेको सामान खरिद गर्न पाइने भएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*