नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम मौका
१९ मंसिर २०७८, आईतवार १२:५९
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने भोलि (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवदेन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गरी बोलकबोेल गर्नु पर्ने छ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात सहित भोलि (मंसिर २० गते) सम्म कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिलमा आवेदन दिनुपर्नेछ ।