नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई सहयोग

१९ मंसिर २०७८, आईतवार १२:१२

काठमाडौं । नेपाल एसबिआइ बैंकले जानकी मन्दिरलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम गर्दै मन्दिरको ब्यवस्थापन गर्न मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको हो ।

बैंकले मन्दिर परिसरमा आउने तीर्थयात्रीहरुलाई आरामदायी बसाइमा सहयोग पुग्नुका साथै सौन्दर्य वृद्धि हुने विश्वास लिएको छ । उक्त कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रदेश २ प्रमुख लेखनाथ पोखरेल र मन्दिर ब्यवस्थापनका तर्फबाट महन्थ रामतपेश्वरदास वैष्णवको सहभागि रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*