बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

१९ मंसिर २०७८, आईतवार ११:१४

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । धितोपत्र बजारमा कारोबारमा आएदेखि नै सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा लगातार सर्किट लागेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बृद्धि भएर शेयरमूल्य ४५४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै, सामलिङ पावरको अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत अर्थात ५० रुपैयाँ ७० पैसाले बृद्धि भएर ५५८ रुपैयाँ २० पैसा पुगेको छ ।

पछिल्लो समय नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउँदा पनि यी दुई कम्पनीको शेयरमा भने लगातार रुपमा सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*