ज्योति विकास बैंकद्धारा द्धन्द्धपीडित अपांग समाजलाई सहयोग

१९ मंसिर २०७८, आईतवार ११:०५

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको साँखुस्थित द्धन्द्धपीडित अपांग समाजलाई सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित हाम्रो विकास प्रवर्दन कोष मार्फत संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालिबालिका र ब्यक्तिका निम्ति आवश्यक औषधी हस्तान्तर गरेको हो ।

बैंकले ३० औं अन्तर्राष्ट्रिय अपांग दिवस अवसरमा साँखु शाखा प्रबन्धक रीमा प्रधानले शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको उपस्थितिमा द्धन्द्धपीडित अपांग समाजका अध्यक्ष युवराज थापालाई ५० हजार रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*