नयाँ सारथी लघुवित्तका सिइओ खड्काले दिए राजिनामा, निमित्त सिइओको जिम्मेवारी घिमिरेलाई

१९ मंसिर २०७८, आईतवार १०:२१

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सिइओ रामबहादुर खड्काले राजीनामा दिएको जनाएको हो ।

खड्काले आफ्नो घरायसी कारणले सो पदमा रही निरन्तरता दिन नसक्ने कुरा कम्पनीको संचालक समिति समक्ष पेश गरेकोमा मंसिर १७ गते बसेको संचालक समितको बैठकले पुष १ गतेदेखि लागू हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै मंसिर १९ गतेबाट ३० गतेसम्मको लागि सो पदको जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिइएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*