थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शुन्य

१७ मंसिर २०७८, शुक्रबार १६:३५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ४ सय जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने ३४७ जनामा सक्रमणमुक्त भएको छ । हाल देशभर ६ हजार ९२१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*