नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?

१७ मंसिर २०७८, शुक्रबार ११:०२

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

एभरेष्ट बैंकको अघिल्लो दिन कायम ५८३ रुपैयाँ, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४४८ रुपैयाँ र सबैको लघुवित्तको १९७१ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य एभरेष्टको ५५० रुपैयाँ, शाईन रेसुङ्गाको ४०३ रुपैयाँ ८६ पैसा र सबैको लघुवित्तको १५०४ रुपैयाँ १ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*