महालक्ष्मी विकास बैंकमा के हुँदैछ ? यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

१६ मंसिर २०७८, बिहीबार १५:१०

काठमाडौं । आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । केही दिन पहिले बजार बन्द हुनु केही मिनेटअघि मात्रै सो कम्पनीको शेयर उच्च कारोबार भई शंकाको घेरामा परेकोमा आज पनि सो कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने पहिलो नम्वरको सूचिमा महालक्ष्मी विकास बैंक परेको छ । सो बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो स्थानमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको आज ११ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार तेस्रो नम्वरमा नेशनल हाईड्रोपावर कम्पनी रहेको छ । सो कम्पनीको आज एकै दिन १० करोड ९७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । लगानीकर्ताहरुले सर्वाधिक रुचाएका १० कम्पनीको सूचिमा चौथो नम्वरमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको आज नौ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । पाँचौं स्थानमा नबिल बैंक परेको छ । सो बैंकको नौ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, छैटौंं स्थानमा परेको एनआईसी एसिया बैंकको नौ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सातौं स्थानमा रहेको आठ करोड ५४ लाख, आठौं स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको आठ करोड २३ लाख, महिला लघुवित्त सात करोड ७० लाख र दशौं स्थानमा हाईड्रोइलेक्ट्रीसिटीको छ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*