राष्ट्रिय वाणिज्य बैंकको थप एक नयाँ शाखा कार्यालय विस्तार

१६ मंसिर २०७८, बिहीबार १३:०१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ स्थित नयाँ शाखा शुभारम्भ गरेको हो ।

उक्त शााखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले गरेका हुन् । बिस्तारित शाखा कार्यालयमार्फत् बैंकले दिदै आइरहेको आधुनिक बैंकिङ सेवा प्रवाह गर्ने बैंकले जनाएको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै बैंकले हाल देशभर २५७ वटा शाखा कार्यालय र २४१ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*