दुई हाइड्रोपावरको शेयरमा सर्किट, कसको शेयरमूल्य कति पुग्यो ?

१६ मंसिर २०७८, बिहीबार १२:४३

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । नेप्सेमा सूचिकृत आज कारोबारमा आएका २१६ कम्पनीमध्ये सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा सामलिङ पावरको शेयर ९.९९ प्रतिशतले बृद्धि भएर शेयरमूल्य ५०७ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशतले बृद्धि भई शेयरमूल्य ४१३ रुपैयाँ १० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*