नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन कहिलेसम्म शेयरधनी बन्नुपर्छ ?

१६ मंसिर २०७८, बिहीबार १२:०२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि शेयरधनी दाखिला खारेज बन्द (बुकक्लोज) को मिति तय गरेको छ ।

बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हो । जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*