३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० गते, बुकक्लोज कहिले ?

१६ मंसिर २०७८, बिहीबार १०:५८

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष १० गते गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) पुष १ गते गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीको संचालक समितिले प्रस्ताव गरेको लाभांश पाउन मंसिर २९ गतेसम्म कायम भएको हुनुपर्नेछ ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँबाट ३० प्रतिशत बोनस शेयर र १.५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ३१ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश सो सभाबाट पारित भएपछि मात्र शेयरधीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*