एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१६ मंसिर २०७८, बिहीबार १०:५०

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको ४० हजार ७७६ कित्ता र सुफल शर्माको १ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिएकोमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौं स्थित शेयर विभागमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*