गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सद्धारा १० प्रतिशत लाभांश घोषणा

१६ मंसिर २०७८, बिहीबार १०:४३

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको संचालक समितिको मंसिर १५ गते बसेको २३३ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८६ करोड ४० लाख रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजन) समेत गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा विरतण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*