नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
१६ मंसिर २०७८, बिहीबार १०:३४
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ४८६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नोे नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय रत्ननगर १ टाँडी चितवनमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।