राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट सहजै ऋण पाउने

१५ मंसिर २०७८, बुधबार २०:४४

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा उपल्बभ गराउने भएको छ। बैंकले संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका छन् ।यो सम्झौता अनुसार बैंकले बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*