फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुदै

१६ मंसिर २०७८, बिहीबार ०५:३३

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज हुदैछ । सभा लाम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौमा आज बिहान ११ बजे हुँदै छ। चुक्तापूँजीको १० प्रतिशतले हुने ८ करोड ७६ लाख ८१ हजार २ सय बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन माथि छलफल, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ । साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियूक्ती र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*