हकप्रद शेयर निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोजको मिति तय

१५ मंसिर २०७८, बुधबार १६:१९

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासन गर्ने मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ मंसिर २३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । बैंकले १ः१ को अनुपात १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बरारबको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्कासन गर्ने लागेको हो । बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*