शेयर बजारमा सामान्य सुधार हुँदा पौने ३ अर्ब कारोबार

१५ मंसिर २०७८, बुधबार १५:२८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव २८ अकंले बढेर २६३३.६६ बिन्दु कायम भएको छ ।नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैययाँको शेयर कारोबार भएको छ ।नेपाल दुरसञ्चार कम्पनीको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोड ५३ लाख रुपैैयाँ शेयर कारोबार भएको छ ।

समलिङ पावर र न्यादी हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भएपनि निरन्तर रुपमा सर्किट लाग्दै आएको छ । कम्पनीको शेयरमा आज पनि पुन सर्किट लागेको छ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३९ प्रतिशत, समृद्धि फाइनान्सको ७.७३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७.३९ प्रतिशत, छायान्द्री हाइड्रोपावरको ५.२४ प्रतिशत र माउन्टेन हाईड्रो नेपाल ३.८५ प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*