ग्लोबल आइएमई क्यापिटलको साधारण सभा पुस ९ गते, यस्ता छन् एजेण्डा

१५ मंसिर २०७८, बुधबार १२:१६

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा मंसिर ९ गतेका लागि बोलाएको छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनश शेयर र कर सहित ३० प्रतिशत नगद लाभांश परी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पातिर गर्नेछ ।
साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण नाफा नोक्सान विवरण अन्य बिस्तुत आम्दानीको विवरण माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*