सुन र चाँदी दुबैमा गिरावट, कतिमा हुदैछ कारोबार ?

१५ मंसिर २०७८, बुधबार ११:५९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो तोलामा १ सय रुपैयाँले घटेको सुन आज भने ४ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।त्यस्तै, मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*