११ प्रतिशत लाभांश पारितका लागि लक्ष्मी बैंकको बोलायो साधारण सभा

१५ मंसिर २०७८, बुधबार ११:५२

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुुक क्लोज गर्ने भएकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*