आरएमडीसी लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

१५ मंसिर २०७८, बुधबार ११:१४

आरएमडीसी लघुवित्त गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।बैंकको आज सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*