घोडीघोडा लघुवित्तको साधारण सभा पुस १० गते, यस्ता छन् एजेण्डा ?

१५ मंसिर २०७८, बुधबार ११:०७

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस १० गते बस्ने गरी आव्हान गरेको छ । सभा कैलाली जिल्लाको धनगढी स्थित होटल रुबसमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने (मर्जर) सम्बन्धमा छलफल गरी पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
लघुवित्तको पहिलो बिशेष साधारण सभा प्रयोजनका लागि २०७७ कात्र्तिक २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई २०७८ मंसिर २९ गतेसम्म लघुवित्तको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा प्राप्त शेयर नामसरी भइ शेयर दर्ता किताबमा कायम शेयरधनीले यो सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*