हिमालय बैंकको नयाँ शाखा कैलालीको टिकापुर

१४ मंसिर २०७८, मंगलवार १७:५२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले सुदुुरपश्चिम प्रदेशको कैलाली जिल्ला टिकापुर नगरपालिका वडा १ जमरापारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालय मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै लकर सेवा समेत सञ्चालन गरेको बैंकले जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै सुदुरपश्चिममा ७ वटा शाखा र देशभर ७३ शाखा कार्यालय मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*