बैंक अफ काठमाण्डूद्धारा ५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

१३ मंसिर २०७८, सोमबार १७:१५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडलेद्धारा बीमा दाबी रकम भुक्तानी गरेको छ । बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गरिरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

दुर्घटनामा परी अशक्तता भएका खत्रीलाई बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*